Skip to main content

Vision 2026

सुशासन र समुन्नतिको भिजन - जसले नयाँ नेपालको खाका कोर्छ। Our strategic roadmap for a transparent, efficient, and technologically advanced national framework.

Policy pillars shaping governance, jobs, and connectivity

These topics come directly from the site database and help explain the Balen Government agenda in terms people search for, including governance reform, economic growth, employment, and infrastructure.

⚖️

सदाचार र असल शासन

राज्य संरचनाको दलिय दोहन, प्रक्रिया–केन्द्रित भ्रष्टाचार र लाइसेन्स राज। सामान्य सेवा लिन समेत बिचौलियाको शरण पर्न बाध्य। हाम्रो लक्ष्य: नीति, आचरण र संस्थागत सुधारका लागि ‘भ्रष्टाचार विरोधी महाअभियान’ मार्फत विश्वसनीय, सदाचारी राज्य निर्माण गर्दै, सरकारी सेवाहरूको सर्वव्यापी डिजिटल डेलिभरी।

📈

मध्यम वर्गीय विस्तार

न्यून प्रतिव्यक्ति आय; गुणस्तरहीन र महँगो स्वास्थ्य सेवा... हाम्रो लक्ष्य: नेपाललाई ‘सम्मानजनक मध्यम-आय भएको मुलुक’ बनाउने। औसत आर्थिक वृद्धि दर वार्षिक ७ प्रतिशत (स्थिर मूल्यमा) कायम गर्दै पाँचदेखि सात वर्षभित्र प्रतिव्यक्ति आय कम्तिमा २००० डलर पुर्याउने।

🛠️

काम, काम, काम

अनौपचारिक, न्यून ज्याला र उच्च बेरोजगारी; दैनिक ३३०० जना भन्दा धेरै युवा विदेश पलायन। हाम्रो लक्ष्य: बाध्यात्मक पलायन घटाउने। औपचारिक, सम्मानित, सुरक्षित र समावेशी १२ लाख नयाँ रोजगारी सिर्जना। प्राथमिकताका क्षेत्र: आईटी, निर्माण, पर्यटन, कृषि।

🌐

कनेक्टिभिटी

भर पर्न नसकिने, अपर्याप्त एवं असुरक्षित सडक, हवाई, ऊर्जा र डिजिटल सञ्जाल। हाम्रो लक्ष्य: प्रतिस्पर्धी अर्थतन्त्रका लागि गुणस्तरीय सडक र हवाई सञ्जाल, भरोसायोग्य ऊर्जा ग्रिड र सबै बस्तीमा तीव्र गतिको सुलभ इन्टरनेट विस्तार।

✈️

प्रवास

विश्वव्यापी नेपाली मानव पूँजीको खण्डित उपयोग; प्रवासी नेपालीको मताधिकार शून्य; गैर-आवासीय नागरिकताको फितलो कार्यान्वयन। हाम्रो लक्ष्य: विदेशमा बस्ने नेपालीहरूलाई अनलाइन मताधिकार; वंशजको नागरिकताको निरन्तरता; सार्वभौम डायस्पोरा फण्डको कार्यान्वयन।